Section 104
रीतपूर्वकको थिएन भनी भन्न नपाउने अवस्था
विनिमेय अधिकारपत्र लेख्ने वा खिच्ने व्यक्तिले वा ड्रअरले र ड्रअरको सम्मानको खातिर स्वीकार गर्ने व्यक्तिले रीतपूर्वकको धारकद्वारा चलाईएको मुद्दामा त्यस्तो विनिमेय अधिकारपत्र शुरुमा नै रीतपूर्वक खिचिएको वा निष्कासन गरिएको थिएन भनी भन्न पाउने छैन ।